महामन्त्री थापाको प्रश्न: छानबिन समिति बनाउनुपर्ने कुरामा आपत्ति किन छ ?

महामन्त्री थापाको प्रश्न: छानबिन समिति बनाउनुपर्ने कुरामा आपत्ति किन छ ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने कुरामा आपत्ति किन भन्दै सत्तापक्षीय दललाई प्रश्न गरेका छन्।

आइतबार फेसबुकमा एक भिडियो पोष्ट गर्दै महामन्त्री थापाले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने कुरामा आपत्ति किन भन्दै सत्तापक्षीय दललाई प्रश्न गरेका हुन्।

उनले भनेका छन्, ‘छानबिन समिति बनाउनुपर्ने कुरामा आपत्ति किन छ? हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, संसदीय छानबिन समिति बनाउन माग गरेका हौँ।’

यस्तै, उनले अहिले नै राजीनामा दिनुनपर्ने भन्दै मनमा पाप नभए डराउनु नपर्ने बताएका छन्।

कांग्रेसले सहकारी प्रकरणमा प्रश्न उठाएको भन्दै अगाडि भनेका छन्, ‘सहकारीमा डिपोजिट गरेजस्तै गैरकानुनी ढंगले कसले किन र कति लगेको हो? भन्ने विषयमा अनुसन्धान कसरी भइरहेको छ? ठगी गर्नेमा राजनीतिक शक्तिशाली जो भए पनि किन अनुसन्धानमा आएन? यसको बारेमा संसदीय छानबिन समितिले हेर्छ।’

Logo