कांग्रेसको निर्णय: सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोज्यो

कांग्रेसको निर्णय: सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोज्यो

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाली कांग्रेसले सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको आरोप लगाएको छ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको निर्णय निकालेको हो।

बैठकपछि सञ्चारकर्मीसँगै कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको निष्कर्ष कांग्रेसले निकालेको बताए।

उनले भने, ‘प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने तर्क लज्जास्पद छन्। संसदका कुनैपनि काम कारबाही अवरोध गरेको थिएन। सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो। यसको जिम्मा सरकारले नै लिनुपर्दछ। यो निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ। अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ।’

Logo