सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणपछि कैलाशको पनि दाबी पेस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणपछि कैलाशको पनि दाबी पेस

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी(नाउपा)बाट दुई जनाले दाबी पेस गरेका छन्।

यस अगाडि नाउपाबाट संरक्षक रेशम चौधरीपक्षकमा लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

उनले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा दिउँसो प्रदेश प्रमुख नजीर मियाँसमक्ष दाबी पेस गरेका थिए।

त्यस्तै, नाउपाबाटै अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षका कैलाश चौधरीलेपनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

उनले एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्रीमा अहिले दाबी पेस गरेका हुन्।

Logo