कहिले कांग्रेस कहिले एमाले तर्साउनेलाई सधैंका लागि बन्द गर्ने कानून बनाऔँ: महामन्त्री थापा

कहिले कांग्रेस कहिले एमाले तर्साउनेलाई सधैंका लागि बन्द गर्ने कानून बनाऔँ: महामन्त्री थापा

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रलाई लक्षित गर्दै कहिले कांग्रेस त कहिले एमाले तर्साएको भन्दै त्यसलाई सधैंका लागि बन्द गर्ने कानून बनाउनुपर्ने बताएका हुन्।

आइतबार बाँकेको खजुरामा आयोजित संवाद यात्रामा बोल्दै उनले माओवादी केन्द्रलाई लक्षित गर्दै कहिले कांग्रेस त कहिले एमाले तर्साएको भन्दै त्यसलाई सधैंका लागि बन्द गर्ने कानून बनाउनुपर्ने बताए। उनले भने, ‘सानोसानो पसल खोलेर धन्दा चलाउने अवस्था सधैंको लागि बन्द गरिदिऔँ। १५ सिटे, २० सिटे, ३० सिटे पार्टीले कहिले कांग्रेस तर्साउने, कहिले एमाले तर्साउने गर्न थाले। यो खेललाई सधैंका लागि बन्द गर्ने कानुन बनाऔँ।’

यस्तै, उनले अहिले कम्युनिस्ट पार्टी मिलेर सरकार बनाएको र मजाले चलाउन दिनुपर्ने बताउँदै भने,‘कम्युनिस्ट पार्टी मिलेर सरकार बनाउनु भएको छ। चलाउन दिऔँ। उहाँहरूले मजाले चलाउनुस्। हामीले फर्केर पनि नहेरौँ।’

Logo