विश्वदीप पाण्डेले छाडे समाजवादी पार्टी

विश्वदीप पाण्डेले छाडे समाजवादी पार्टी

केन्द्रबिन्दु
126
Shares

काठमाडाैँ। डा.बाबुराम भट्टराईसँग लामो समय सहकार्य गरेका विश्वदीप पाण्डेले नेपाल समाजवादी पार्टी छाडेको घोषणा गरेका छन्। सोमबार फेसबुकमा स्टाटस लेख्दै पाण्डेले समाजवादी पार्टी छाडेको घोषणा गरेका हुन्।

याेसँगै विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खादा र टीकासहित स्वागत गरेका हुन्।

उनी नेसपाको राजनीतिक समितिका सदस्य थिए। तत्कालीन नेकपा माओवादी भूमिगत हुँदादेखि नै पाण्डे डा. भट्टराईको स्वकीय सचिव थिए। त्यसयता पाण्डे लगातार भट्टराईनिकट रहेर काम गर्दै आएका थिए।

Logo