एमाले हुम्ला अध्यक्षमा ज्ञामी बुमी निर्वाचित

एमाले हुम्ला अध्यक्षमा ज्ञामी बुमी निर्वाचित

केन्द्रबिन्दु
28
Shares

सिमकोट (हुम्ला)। नेकपा (एमाले) हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन्। पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो। गएराति नै मतगणना गरिएको थियो। अध्यक्षमा बुमीका निकटतम प्रतिद्वन्द्वी डबल रावत रहेका थिए। उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल विजयी भएको छ।

प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित भएका छन्। अन्य खुला सदस्य, महिला सदस्य र दलित सदस्यको मत गणना भइरहेको निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीले जानकारी दिए।

Logo