राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको उपचारका क्रममा मृत्यु

राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको उपचारका क्रममा मृत्यु

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले गत चैत्र २७ गते काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिकाका ठाकुरप्रसाद डाँगी रहेको राप्रपाले जनाएको छ।

राप्रपा मधुवन नगरपालिकाका अध्यक्ष रहेका डाँगीको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।

श्वासप्रश्वासको समस्याबाट पीडित डाँगी राप्रपाको आन्दोलनमा प्रहरीले फ्याकेको अश्रुग्याँसले स्वास्थ्यमा बढी समस्या आएको थियो।

अस्पताल भर्ना गरिएका डाँगीको उपचारकै क्रममा सोमबार बिहान ४ बजे मृत्यु भएको राप्रपाले जनाएको छ।

Logo