जसपाका पूर्व सांसदमाथि आक्रमण, तीन जना पक्राउ

जसपाका पूर्व सांसदमाथि आक्रमण, तीन जना पक्राउ

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद प्रमोद साहमाथि आक्रमण भएको छ।

सर्लाहीको हिरापुर नगरपालिका-६ मा आइतबार राति उनीमाथि आक्रमण भएको र आक्रमणबाट टाउको चोट लागेको सर्लाही प्रहरीले जनाएको छ। राति खेतबाट घर फर्किन लागेको बेला उनीमाथि आक्रमण भएको र उनीसँगै रहेका अन्य दुई जनापनि घाइते भएको प्रहरीले जनाएको छ।

आक्रमणबाट घाइते भएका पूर्वसांसद साहको स्थानीय एक मेडिकलमा सामान्य उपचार भएको र थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ। पूर्वसांसद साहमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी रहेको प्रहरीले जनाएको छ।

Logo