सही दिनमा राजनीति फर्किँदै थियो, नेकपा एसले अराजनीतिक निर्णय गर्‍यो: अध्यक्ष ओली

सही दिनमा राजनीति फर्किँदै थियो, नेकपा एसले अराजनीतिक निर्णय गर्‍यो: अध्यक्ष ओली

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)ले अराजनीति निर्णय गरेको आरोप लगाएका छन्।

सोमबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीति सही दिनमा फर्किन लाग्दै गर्दा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको आरोप लगाएका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारमा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर सरकार निर्माणमा लागेको भन्दै अध्यक्ष ओलीले भने,‘नयाँ समीकरणमा नेकपा एस भन्ने पार्टी छ एउटा, त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन सक्ने, हामीभन्दा पृथक हुने हो भने अर्को गुटबाट जाने। कांग्रेसलाई जिताउने हिसाबले जाने हो भने यो समीकरणलाई असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिनपनि सक्ने,अथवा नि:शुल्क सेवा पनि नाउपाको गर्नसक्ने भनेर मुख्यमन्त्रीको दाबी गर्ने कुरा थियो। नेकपा एसमा अराजनीतिक निर्णय गर्यो। जुन सही दिनमा राजनीति फर्किँदै थियो।’

उनले एकीकृत समाजवादीलाई अंकित गर्दै दक्षिणपन्थी अवसरवादको चरित्र नाङ्गो ढंगबाट देखिएको भन्दै कम्युनिष्टको साइनबोर्ड राखेर काम चाहिँ समाजवाद पक्षधरहरुको विपक्षमा गरिरहेको आरोप लगाएका छन्।

Logo