विभेदजन्य अभिव्यक्तिले समाजको सदभावलाई खलल पुर्याउने भन्दै एमाले कोशी प्रदेशको ध्यानाकर्षण

विभेदजन्य अभिव्यक्तिले समाजको सदभावलाई खलल पुर्याउने भन्दै एमाले कोशी प्रदेशको ध्यानाकर्षण

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेशले विभेदजन्य अभिव्यक्तिले नेपाली समाजको सदभाव खलल पुर्‍याउने भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

एमाले कोशी प्रदेश कमिटी सदस्य तथा जिल्ला सम्वनय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलमाथि हल्दिवारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बरबहादुर गिरीले दिएको विभेदजन्य अभिव्यक्तिले नेपाली समाजको सदभाव खलल पुर्‍याउने भन्दै ध्यानाकर्षण भएको जनाएको हो।

प्रदेश अध्यक्ष घनश्याम खतिवडा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ, ‘नेपालको संविधानले परिकल्पना गरेको सबै प्रकारका जातिय छुवाछुतको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने अवधारणालाई उक्त घटनाले चुनौति दिएको छ। संविधानद्धारा प्रद्धत्त अधिकारलाई सम्मान गर्ने अवस्थाको सृजाना गर्न यस्ता अभिव्यक्ति दिनेहरु प्रति नेकपा (एमाले) कोशी प्रदेश कमिटीको गम्भीर ध्यान आकर्षण भएको छ। यस प्रकारको अमानवीयअभिव्यक्ति दिने उपर कडा कानूनी कारबाही गर्न नेकपा (एमाले) कोशी प्रदेश कमिटीको तर्फबाट जोडदार माग समेत गर्दछु। साथै सामाजिक सदभावलाई भड्काउने अभिव्यक्ति नदिन सबैमा हार्दिक अनुरोध गर्दछु।’

Logo