नयाँ खुलेका पार्टीमा दुईचार जना ठग आए : महामन्त्री थापा

नयाँ खुलेका पार्टीमा दुईचार जना ठग आए : महामन्त्री थापा

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ खुलेका पार्टीमा दुईचार जना ठग आएको आरोप लगाएका छन्।

सोमबार संवाद यात्राका लाग‍ि कैलालीमा रहेका महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै नयाँ खुलेका पार्टीमा दुईचार जना ठग आएर आफ्नोबारेमा दशवटा कुरा भनिरहँदा शीर निहुराएर बस्नुपरेको बताएका छन्।

उनले भने, ‘नयाँ नयाँ खुलेको पार्टीहरुमा दुईचार जना ठग आएर हाम्रोबारेमा दश वटा कुरा भनिरहँदा साथीहरु शीर निहुराएर बस्नुपर्छ। त्यो शीर निहुराएर बस्नुपर्ने कारण के छ? पार्टीमा लागेका साथीले राज्यको कुनै जिम्मेवारी लिन्छ, त्यो जिम्मेवारी लिँदैगर्दा कहीँकतै गलत काम गर्छ भने त्यसको भारी त्यो गर्ने मान्छेले बोक्नुपर्छ, पार्टीले बोक्दैन। बोक्नु पनि हुँदैन, सक्दैन। त्यहाँ पार्टीले प्रेम देखाउने होइन, कठोर हुने हो। नियम कानून उल्लंघन गर्छ भने पार्टी कठोर हुनुपर्छ।’

Logo