मधेशका मुख्यमन्त्री यादवले आज चौथो पटक विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज चौथो पटक विश्वासको मत लिँदै

केन्द्रबिन्दु
56
Shares

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (मंगलबार) विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताए। केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो। सरकारबाट बाहिरिएपछि चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री यादवले १५ महिनामा यसरी विश्वासको मत लिन लागेको चौथो पटक हो।

Logo