सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति !

सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति !

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । सत्तारूढ गठबन्धनबिच सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको छ।

सत्तारूढ गठबन्धनका शीर्ष दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताबिच एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको बताइएको छ।

मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिए सत्ता गठबन्धनमा देखिएको संकट टारिने भएपछि उक्त सहमति भएको बताइएको छ। एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठले पनि सहमति दिएकी छिन्।

अध्यक्ष श्रेष्ठ एउटा प्रदेशको विवादलाई लिएर सबैतिर संकट आउनुभन्दा समझदारीमा जानुपर्नेमा राजी भएको उनी निकट स्रोतले बताएको छ।

एकीकृत समाजवादीले मुख्यमन्त्री पाए दीर्घ सोराडी मुख्यमन्त्री बन्ने पक्का छ।

Logo