नेकपा एस चितवनको अध्यक्षमा कन्दङ्गवा

नेकपा एस चितवनको अध्यक्षमा कन्दङ्गवा

केन्द्रबिन्दु
28
Shares

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीं) को १०औँ जिल्ला अधिवेशनले नरेन्द्रकुमार कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। पार्टीको बुधबारदेखि सुरु भएको अधिवेशनले बिहीबार राति नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा ईश्वरी लामिछाने र गङ्गालाल लामा, सचिवमा हेमन्त कँडेल निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनको बुधबार पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका थिए।

Logo