काठमाडौं । एकीकृत समाजवादीबाट सुदूरपश्चिमको मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन्।
आज बिहान १०:३० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।
एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी(नाउपा)को समर्थनमा मुख्यमन्त्री बनेका सोडारीलाई विश्वासको मत दिन यसअगाडि हिच्किचाएको एमालेले पनि विश्वासको मत दिने तयारी गरेको छ।
वैशाख ६ गते एमालेसहित गठबन्धनको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
प्रतिक्रिया