राप्रपा केन्द्रीय समितिको बैठक बस्दै, समसामयिक परिस्थितिबारे छलफल हुने

राप्रपा केन्द्रीय समितिको बैठक बस्दै, समसामयिक परिस्थितिबारे छलफल हुने

केन्द्रबिन्दु
84
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समितिको बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौँमा आह्वान गरेको छ।

पार्टीले उठाउँदै आएको हिन्दूराष्ट्र, सङ्घीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्यप्रगति, पार्टीको आन्तरिक विवाद समाधानका लागि बैठक आह्वान गरिएको सो पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार समसामयिक परिस्थितिबारे छलफल गरिनेछ।

पार्टी अध्यक्ष लिङ्देनले उद्घाटन गर्ने उक्त बैठकको समाचार प्रचारप्रसारका लागि सूचना सङ्कलन केन्द्र, सहभागी प्रतिनिधिको परिचयपत्र व्यवस्थापन, सुरक्षा व्यवस्थाका लागि स्वयंसेवकको व्यवस्था गरिएको पार्टी कार्यालयले जनाएको छ। बैठकमा करिब चार सय प्रतिनिधिको सहभागिता रहनेछ।

Logo