न्युरोडकाे सडक काटेर युराेपकाे शहर जस्तै बनाउँदै मेयर बालेन, तर सरकार र व्यापारी किन बने तगारो ? [भिडियाेसहित]

न्युरोडकाे सडक काटेर युराेपकाे शहर जस्तै बनाउँदै मेयर बालेन, तर सरकार र व्यापारी किन बने तगारो ? [भिडियाेसहित]

केन्द्रबिन्दु
70
Shares

बालेन शाहले न्यूरोडको फुटपाथ विस्तार गर्दै, अब यति राम्रो देखिनेछ न्यूरोड, तर केन्द्र सरकार किन बन्दैछ तगारो ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार सुरु गरेका छन् । मेयर बालेनले फुटपाथ विस्तार गर्न रेखाङ्कनसँगै भत्काउने काम समेत अघि बढाई सकेका छन्। सर्वसाधारणका लागि आवतजावतमा सहज होस् भनेर न्यूरोड क्षेत्रको फुटपाथ विस्तार र स्तरोन्नतिको कार्य अघि बढाई रहदा अर्कोतर्फ मेयर बालेन शाह, केही स्थानिय व्यापारी र सडक विभागको आँखाको कसिंगर बनेका छन् ।

विभागका अनुसार न्यूरोड क्षेत्रमा अहिले ११ मिटर लम्बाइ कालोपत्रे सडक रहेको छ। त्यसैगरी दायाँबायाँ २.४ र २.६ मिटरको फुटपाथ छ। सोही फुटपाथ साढे एक मिटर बढाएर मेयर शाहले स्तरोन्नतिको काम अघि बढाएका हुन् । महानगरपालिकाले तयार पारेको डिपिआर अनुसार ११ मिटर लम्बाइ रहेको कालोपत्रे सडक अब सात मिटरको मात्र हुनेछ। दुवैतिर डेढ मिटर थप गरी झन्डै चार मिटरको अर्थात् ३.९ मिटरको फुटपाथ बनाइने छ। त्यसैगरी आधा–आधा मिटर भने ड्रेनेजका लागि छुट्याइने छ। यही विषयलाई लिएर केहीदिनयता सरकार र बालेनबीच नोकझोक चलिरहेको छ ।

सोमबार केन्द्रबिन्दु टोलीले न्युरोडमै गएर फिल्ड रिपोर्टिङका क्रममा स्थानिय व्यापारी र सर्वसाधारणसँग मेयर बालेनले सडकलाई काट्दै फुटपाथ विस्तारमा लिएको कदमलाई केन्द्रमा राखेर उनीहरुसँग भलाकुसारी गरेको छ । के भन्छन् त स्थानिय व्यापारी र सर्वसाधारण मानिस ?

Logo