गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कँडेलले दिए शुभकामना

गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कँडेलले दिए शुभकामना

केन्द्रबिन्दु
42
Shares

काँक्रेविहार (सुर्खेत) सत्रौँ गणतन्त्र दिवसका अवसरमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शुभकामना दिएका छन्। उनले शुभकामना सन्देशमा नेपाली जनताले विजय प्राप्त गरेको यस अवसरमा दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवन आहुती गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने सबै अग्रजप्रति सम्मान व्यक्त गरेका छन्। उनले आन्दोलनमा सहभागी आम जनसमुदाय, नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं सबै क्षेत्र र वर्ग समुदायको योगदानको उच्च प्रशंसा समेत गरेका छन्।

जनता सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय दिन रहेको मुख्यमन्त्री शर्माको भनाइ रहेको छ। गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान् उत्सवका रुपमा लिएको उनले शुभकामनमा उल्लेख गरेका छन्। व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता रहेको उल्लेख गरे।

युगान्तकारी परिर्वतनको आयामलाई सामाजिक आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्ने मुख्यमन्त्री कँडेलको भनाइ छ । लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामहरूलाई समुचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता भएको उनको दाबी छ । जनतालाई केन्द्रविन्दुमा राखेर जनताको इच्छा र जनताका लागि सञ्चालित हुने अभ्यासले नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ उनले उल्लेख गरे।

Logo