अधिवेशन उद्घाटन गर्न ओली आज रुपन्देही जाँदै

अधिवेशन उद्घाटन गर्न ओली आज रुपन्देही जाँदै

केन्द्रबिन्दु
56
Shares

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रुपन्देहीको १०औँ जिल्ला अधिवेशन उद्घाटन गर्न रुपन्देहीको भैरहवा जान लागेका हुन्।

अधिवेशनमा ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्युरो सदस्यहरू लीला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टराई लगायतका नेताहरू सहभागी हुने एमाले सांसद एवं केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए।

जिल्ला अधिवेशनमा ८ सय ५३ प्रतिनिधि सहभागी हुने छन्। जिल्लामा १७ हजार ९८ पार्टी सदस्य रहेका छन्।

Logo