वर्तमान गठबन्धन टुट्दैनः अर्थमन्त्री पुन

वर्तमान गठबन्धन टुट्दैनः अर्थमन्त्री पुन

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले वर्तमान दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्म अगाडि बढाउने बताएका छन् ।

रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बजेटमाथिको टिप्पणी सुन्दा सरकार कमजोर हुने र गठबन्धन टुट्ने कुरा आएको भन्दै यो गठबन्धन नटुट्ने बताए । उनले भने, ‘बजेटको बारेमा आएको टिप्पणी सुन्दा यो सरकार कमजोर हुन्छ कि, गठबन्धन टुट्छ कि भन्ने कुरा आउँछ तर त्यो होइन । यो गठबन्धन हामी आगामी निर्वाचनसम्म लाने परीक्षण गर्ने र मुख्य सर्त के हो भने देशलाई एउटा आशा जगाउने, जनतामा अलि निराशा छाएको जस्तो छ ।’

उनले विचार एउटै भएन भने छोटो समयको लागि मात्र सहयात्री हुने भन्दै देशमा एउटा आशा जगाउनको लागि सोच मिल्ने नयाँ गठबन्धनका साथ सरकार अगाडि बढ्ने बताए ।

उनले भने, ‘अहिले जुन नेपालको राष्ट्रिय राजनीति छ, हामी राष्ट्रिय शक्तिहरु एकै ठाउँमा बसेर राष्ट्र निर्माणको कामलाई अगाडि लैजाउँ भनेर पछिल्लो समयमा एउटा नयाँ अभ्यास सुरु भएको छ । हामीले गठबन्धन गरेर निर्वाचन पनि लड्यौं, सरकार पनि बनायौं, तर त्यसैबाट मात्र के देशको निर्माण सम्भव छ । त्यसमा विचार पनि एउटै हुनुपर्छ, विचार एउटै भएन भने छोटो समयको लागि मात्र सहयात्री हुन्छ । त्यसकारण अहिले सोच मिल्नेहरुसँग नयाँ गठबन्धन भएको छ र यो सरकार र गठबन्धन अगाडि बढाउने र यसले देशमा एउटा आशा जगाउने । अलि अलि समस्या भए पनि यो गठबन्ध अगाडि बढ्नु पर्छ र बढ्छ यो हाम्रो प्रतिबद्धता हो ।’

Logo