बालेन भन्छन्: नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला

बालेन भन्छन्: नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला

केन्द्रबिन्दु
448
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनले महानगरको सभामा जनप्रतिनिधिलाई राजनीतिक गन्ध बोकेर नआउन अनुरोध गरेका छन्।

आइतबार समाजिक सञ्जालमार्फत मेयर बालेनले महानगरको सभामा जनप्रतिनिधिलाई राजनीतिक गन्ध बोकेर नआउन अनुरोध गरेका हुन्।

उनले ३ जना जनप्रतिनिधिले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकारको हनन भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्:
३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो।
काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन। जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ। यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ।

नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रुपमा रहँदैन। १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ। बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन।

काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला।

Logo