संसदीय समितिको बैठकमा एनजीओको खाजा !

संसदीय समितिको बैठकमा एनजीओको खाजा !

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओले खाजा उपलब्ध गराएको विषयमा विवाद भएपछि बैठक स्थगित भएको छ।

आइतबार बिहानका लागि बोलाइएको बैठकमा एनजीओले उपलब्ध गराएपछि गृहमन्त्री रबि लामिछाने बैठक शुरु नहुदै बाहिरिएका थिए।

बिहान ८ बजेका लागि बोलाइएको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ’ गर्ने एजेन्डा रहेको थियो।

तर, बैठकमा समयमै गृहमन्त्री लामिछानेले बैठकमा मंहगो मूल्यका खाजा ल्याएको थाहा पाएपछि सोधखोज गरेका थिए।

त्यसपछि एलएक्सपिटीडी भन्ने संस्थाले सो खाजा उपलब्ध गराएको खुलेपछि लामिछानेले बैठक सुरु नहुँदै बाहिरिएका थिए। खाजाको प्याकेटमा चना, फलफुल, जाम-पाउरोटी, अण्डा, आलु आदि रहेको बैठकमा उपस्थित एक सांसदले न्यूज कारखानालाई बताए।

गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर बैठक नगर्ने भन्दै समितिका सभापति रामहरि खतिवडालाई प्रश्न गरेका थिए।

Logo