प्रधानमन्त्री प्रचण्डकाे दाबी- बजेट जनता र राष्ट्रको पक्षमा छ

प्रधानमन्त्री प्रचण्डकाे दाबी- बजेट जनता र राष्ट्रको पक्षमा छ

केन्द्रबिन्दु
28
Shares

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन् ।

आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले बजेट समग्रमा सन्तोषजनक रहेको बताएका हुन् । उनले भने, “मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ ।”

सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उनको भनाइ छ । “यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु”, उनले भने ।

प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा प्रधानमन्त्री दाहालले कुनै परिवर्तन नहुने बताए । उनले भने “मैले अस्तिको दिन मात्रै तीनैजना आइजिपिहरुलाई बोलाएर केही परिवर्तन हुँदैन, तपाईहरु ढुक्कसँग काम गर्नुस् भनिसकेको छु । त्यही गतिमा उहाँहरुले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो ।”

Logo