टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन हुँदैनः झलनाथ खनाल

टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन हुँदैनः झलनाथ खनाल

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन गर्न नसकिने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित अनेमसंघ समाजवादीको मुखपत्र विमोचन कार्यक्रममा उनले भने,‘सहमति केका आधारमा हुन्छ ? टाउका जोडेर कि अंकमाल गरेर ? महाधिवेशनमा वैचारिक कार्यदिशा, नीति र सिद्धान्तमा आधारित भए सहमतिको आधारमा मात्र नेतृत्व चयन सकिन्छ ।’

‘महाधिवेशनबाट चारवटा दस्तावेज पास गर्नेछौं । दस्तावेजमा छलफल भइरहेको छ । सुझाव आइरहेका छन् । अहिलेका मस्यौदा दस्तावेजलाई अझैं परिस्कृत गरेर पारित गर्छौं । सहमतिको साथ नेतृत्व निर्माण गर्नुपर्छ । तर सहमति भनेको के ? सहमति केका आधारमा हुन्छ ? हामीले टाउका जोडेर हुन्छ कि ? अंकमाल गरौं कमरेडहरू भनेर हुन्छ कि ? के ले एकता गर्छ ? हामी जुटेको भनेकै एउटा वैचारिक राजनीतिक कार्यदिशा, आधारमा नीति, सिद्धान्त र लक्ष्यका आधारमा हो ।’

उनले संविधान निर्माणको प्रक्रिया पार गरेपछि प्रक्रियालाई अगाडि बढाउने सिलसिलामा समाजवादी कार्यक्रम अगाडि सार्न नसकेको बताए । कम्युनिष्ट आन्दोलनले नै समाजवादी कार्यक्रम अगाडि सार्न नसकेको समाजवादी कार्यक्रम लामो समयपछि पार्टीको महाभिवेशनबाट अगाडि सार्न लागेको उनको भनाई छ ।

Logo