बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल हुँदै

बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल हुँदै

केन्द्रबिन्दु
42
Shares

बागमती। बागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।

आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताए। असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ ।

यही असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गगरेका थिए ।

Logo