‘नीतिगत भ्रष्टाचार अन्त्य नभएसम्म भ्रष्टाचारमुक्त देश बन्दैन’

‘नीतिगत भ्रष्टाचार अन्त्य नभएसम्म भ्रष्टाचारमुक्त देश बन्दैन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद गङ्गाकुमारी वेल्वासेले मुलुकमा नीतिगत भ्रष्टाचारको अन्त्य नभएसम्म भ्रष्टाचारमुक्त देश बन्न नसक्ने बताएकी छन् । उनले यसका लागि जनचेतना जगाउन आवश्यक रहेको उल्लेख गरेकी हुन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद वेल्वासेले निकुञ्जसम्बन्धी कानुनमा देखिएका समस्यालाई परिमार्जन गर्न आवश्यक भएको बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद रुक्मिणी कोइरालाले समाजमा पितृसत्तात्मक सोचका कारण महिला हिंसामा पर्ने गरेका उल्लेख गर्दै नियन्त्रण गर्न अभियान चलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय साझा प्रकाशन आर्थिक सङ्कटबाट गुज्रिरहेको र दयनीय अवस्थामा रहेको उल्लेख गर्दै यस्ता संस्थालाई जोगाउन सरकारसँग माग गरिन् ।

नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले कर तिर्ने जनतासँग कर्मचारीको व्यवहार राम्रो नभएको र सरकारको नीति पनि करमैत्री नदेखिएकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

Logo