जाेगियाे गण्डकीका सांसद फणीन्द्र देवकोटाको पद

जाेगियाे गण्डकीका सांसद फणीन्द्र देवकोटाको पद

केन्द्रबिन्दु
84
Shares

फ्लोरक्रस गरेर कारबाहीमा परेपछि प्रदेश सांसद पद गुमाएर सर्वोच्च पुगेका फणीन्द्र देवकोटाको रिटमा अन्तरिम आदेश जारी भएको छ।

गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटाको पद तत्कालका लागि जोेगिएको छ । फ्लोरक्रस गरेर कारबाहीमा परेपछि प्रदेश सांसद पद गुमाएर सर्वोच्च पुगेका देवकोटाको रिटमा अन्तरिम आदेश जारी भएको हो । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले देवकोटाको निलम्बन गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश जारी गरेको हो।

यसअघि देवकोटाले माओवादी केन्द्रको ह्विप उल्लंघन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले देवकोटालाई कारबाही गरेको हाे ।

Logo