बालेनलाई सुनिताकाे सुझाव- सिंहदरबार जलाउने र महानगर डुबाउने अभिव्यक्ति ठिक भएन

बालेनलाई सुनिताकाे सुझाव- सिंहदरबार जलाउने र महानगर डुबाउने अभिव्यक्ति ठिक भएन

केन्द्रबिन्दु
196
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सिंहदरबार जलाउने महानगर डुबाउने अभिव्यक्ति राम्रो नभएको बताएकी छिन् ।

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गर्ने र पारित गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । ‘सिंहदरबार जलाउनु भन्नु ठिक हैन भने काठमाडौंको दरबार जलाउनु भनेर बोलिनु पनि आज ठिक भएन, जलाउने बिगार्ने भत्काउने दुःख दिने झगडा गर्ने द्धन्द गर्ने बाटोमा हामी नलागौं,’ उनले भनिन् । 

पदको मर्म बुझेर अभिव्यक्ति राख्नुपर्ने उनको बताइन् । काठमाडौंलाई देश भरिकै उदाहरणीय महानगर बनाउनु उनको तर्क छ । एक अर्काले अस्तित्व स्विकार नगर्ने हो भने विकास हैन विनास हुने बताइन् ।

Logo