प्रधानमन्त्रीले भेटे नेपाल आइडल करण परियारलाई, दिए गितार उपहार

प्रधानमन्त्रीले भेटे नेपाल आइडल करण परियारलाई, दिए गितार उपहार

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई तथा उपहार दिएका छन् । बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रचण्डले बधाई दिँदै गितार उपहार दिएका हुन् ।

यस्तै, उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले खेल र सङ्गीतका मुख्य मुख्य कार्यक्रमहरु आफूले हेर्ने गरेको उल्लेख मात्र गरेनन् उनले युवा पुस्ताका हरेक सुखदुखमा आफू साथ रहने समेत बताए ।

उनले विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना उल्लेख गर्दै निरन्तर साधनामार्फत् देशको प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।

Logo