गृहमन्त्री लामिछानेले लाेकेसन पत्ता लाग्‍दा पनि जीबी राईलाई किन समात्न सकेनन् ? जनता आक्राेशित [भिडियाेसहित]

गृहमन्त्री लामिछानेले लाेकेसन पत्ता लाग्‍दा पनि जीबी राईलाई किन समात्न सकेनन् ? जनता आक्राेशित [भिडियाेसहित]

केन्द्रबिन्दु
112
Shares

सर्वसाधारणले दुःखजिलो गरेर विभिन्न सहकारीमा बचत गरेको रकम अपचलन गरेर फरार रहेका गितेन्द्रबाबु (जीबी) राई अहिले प्रहरीको खोजीमा छन्। उनीविरुद्ध कास्की र रुपन्देहीमा सहकारीको अर्बौ रकम ठगीको आरोपमा अदालतमै मुद्दा दायर भएका छन्। तर राई लामो समयदेखि ‘फरार’कै सूचीमा छन्।

राईले विभिन्न सहकारीबाट ठूलो रकम गैरकानूनी रूपमा आफू अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा भित्र्याएर अपचलन गरेको विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन्। तिनै राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा सञ्चालकको हैसियत सहितका प्रबन्ध निर्देशक थिए रवि लामिछाने जो अहिले उपप्रधानमन्त्री तथा गृहमन्त्री छन्। खासमा सहकारी ठगीको यो प्रकरण लामिछानेकै कारण झन् धेरै चर्चामा छ। किनभने यो प्रकरणमा उनी स्वयं मुछिएका छन्।

गोर्खा मिडिया नेटवर्कबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटकको सहभागितामै रास्वपालाई चौथो ठूलो पार्टी बनाएका लामिछानेको नाम सहकारीको बचत अपचलनमा मुछिएकै कारण प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको प्रमुख अध्यक्षतामा संसदीय छानबिन समिति बनिसकेको छ।

तर बिहीबार गृहमन्त्री लामिछानेले अचानक आफ्ना पूर्वसाझेदार राई मलेसियामा रहेको पत्ता लागेको अभिव्यक्ति दिएपछि यो विषयले एकपटक फेरी चर्चा पाएको छ । गृहमन्त्री लामिछानेले अहिले आफ्ना पूर्व व्यापारिक साझेदार राईबारे के सूचना पाए भन्ने त प्रष्ट छैन । उनले गृहमन्त्री बन्नासाथ पनि यस्तै अभिव्यक्ति दिएका थिए। तर साढे तीन महिना बितिसक्दासम्म उनले राईलाई ल्याउन पहल नगरेको, बरु उम्काउन भूमिका खेलेको आरोप लाग्दै आएको छ । यहि विषयलाई केन्द्रमा राखेर केन्द्रबिन्दु टोलीले सर्वसाधारणलाई गृहमन्त्रीको अभिव्यक्तिले ल्याएको तरंग र जीबीलाई समात्नुभन्दा पनि भगाउनका लागि पो लागि परेका छन् कि भनेर सर्वसाधारणसँग भलाकुसारी गरेका छौं । के भन्छन् त, सर्वसाधारण गृहमन्त्री लामिछानेका बिषयमा ?

Logo