‘संस्कृति नीति गलत छ, समाजवादमा आधारित संस्कृति अंगाल्नुपर्छ’

‘संस्कृति नीति गलत छ, समाजवादमा आधारित संस्कृति अंगाल्नुपर्छ’

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले देशको संस्कृति नीति गलत भएको भन्दै समाजवाद र आधुनिकतामा आधारित संस्कृति अपनाउनुपर्ने बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित संस्कृति नीति, २०८१ माथि छलफल कार्यक्रममा बोल्दै मन्त्री तामाङले संविधान आफैंमा समाजवादमा आधारित संस्कृति उन्मुख रहेको बताएका हुन्।

उनले भने, ‘हाम्रो संस्कृति नीति गलत छ। वैज्ञानिक र आधुनिक संस्कृतिको विकास गर्नेबारे पनि छलफल हुनुपर्छ। आधुनिक संस्कृतिको विकास नगरौँ भन्ने हो भने नेपालको संविधानले समाजवादी संस्कृतिको विकास गर्ने भनेर त उल्लेख गरेको हो नि। अहिलेको संविधान आफैँमा समाजवादउन्मुख संविधान हो। त्यसकारण समाजवादी संस्कृतिको विकास गर्ने कुरामा खुलेर आउन आवश्यक छ।’

मुलुकले बहुलतालाई समेत स्विकारेको मन्त्री तामाङको भनाइ छ।

नेपालको संविधानमै बुहजातीय, बहुधार्मिक र बहु सांस्कृतिक भनेर प्रमाणित गरेको उल्लेख गर्दै उनले अबको सांस्कृतिक नीति त्यही अनुरुप हुनुपर्ने बताएका हुन्।

‘हामीले बहुलतालाई स्विकार गरेका छौं। हामी बहुभाषिक हो, बहु सांस्कृतिक हो, बहुजातीय हो भनेर भन्नु नै हामीले बहुलतालाई स्विकारेको हो’, उनको भनाइ छ।

Logo