काम सम्पन्न गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गरिन्छ: प्रमुख महर्जन

काम सम्पन्न गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गरिन्छ: प्रमुख महर्जन

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आयोजनाहरुको समयमै निर्माण सम्पन्न गर्ने कम्पनीहरुलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने बताएका छन् ।

शनिबार ललितपुर महानगरपालिका वडा नम्बर २७ र २२ जोड्ने नख्खु खोला पुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आयोजना निर्माणका क्रममा कामको गुणस्तर र समयमा ध्यान दिन आग्रह गरे ।

उनले भने, ‘हामीले आयोजना निर्माणका क्रममा सबै ठेकेदारहरुलाई बोलाएर आयोजनाहरु समयमै सम्पन्न गर्न र कामको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै आएका छौं । समयमै निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्छौं ।’ प्राकृतिक विपद्हरु बाजा बजाएर नआउने उल्लेख गर्दै कामका क्रममा गुणस्तरमा ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।

Logo