प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ ।

सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेकाे ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । विधेयकमाथिको दफावार छलफलमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले भाग लिएका थिए ।

बैठकले सांसद सुवालले राखेकाे संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि अर्थमन्त्री पुनले उक्त विधेयकलाई सदनमा दफावार छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते बिहान ११ बजे बस्नेछ ।

Logo