रास्वपा लक्षित दीपकराज गिरीकाे टिप्पणी–देशी बिदेशी शक्तिको ग्राइन्ड डिजाइनमा सरकार परिवर्तन

रास्वपा लक्षित दीपकराज गिरीकाे टिप्पणी–देशी बिदेशी शक्तिको ग्राइन्ड डिजाइनमा सरकार परिवर्तन

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । अभिनेता दीपकराज गिरिले सत्ता समीकरण परिवर्तन भएपछि रास्वपा लक्षित व्यङ्ग्य गरेका छन् । मंगलबार बिहान समाजिक सञ्जालमा टिप्पणी गर्दै अभिनेता गिरीले अब ठूला माछा समाउँदै थियौ, रातारात देशी बिदेशी शक्तिको ग्राइन्ड डिजाइनमा सरकार परिवर्तन गरियो भन्ने सुन्नु पर्ने बताएका हुन् । 

उनले भनेका छन्- ‘नतिजा आउँदै थियो ! ठूला माछा समाउँदै थियौ ! त्यो थाहा पाएर रातारात देशी बिदेशी शक्तिको ग्राइन्ड डिजाइनमा सरकार परिवर्तन गरियो । अब सुन्नु पर्ने कुरा !’

रास्वपा सरकारमा गएर ठोस काम गर्न नसकेको र परिणाम दिन नसकेको भन्दै यसअघि रास्वपाका समर्थक रहेका कैयौं कलाकार र स्वतन्त्र व्यक्तिहरुले अहिले आलोचना गरिरहेका छन् ।
 

Logo