आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने एमालेकाे निर्णय

आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने एमालेकाे निर्णय

केन्द्रबिन्दु
868
Shares

नेकपा एमालेले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको छ।

नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्ने सहमति भएसँगै मंगलबार पार्टी मुख्यालय च्यासल, ललितपुरमा बसेको एमाले सचिवालय बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती लगायत रहेका छन् ।

सोमबार मध्यरातमा कांग्रेससँग भएको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको छ ।

Skip This
Logo