मुकुल ढकालकाे आक्रोश- मैले बिहे गर्ने कि कुमारै बस्ने रास्वपाले नै निर्णय गरोस्

मुकुल ढकालकाे आक्रोश- मैले बिहे गर्ने कि कुमारै बस्ने रास्वपाले नै निर्णय गरोस्

केन्द्रबिन्दु
252
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनकै विषयमा पार्टीकै नेताहरुले टिप्पणी गरेको भन्दै आक्रोश पोखेका छन् ।

आज बिहान बसेको रास्वपा केन्द्रीय कमिटीको बैठकमा टेप टाँसेर प्रस्तुत भएका महामन्त्री डा. ढकालले आफूले तयार पारेको प्रस्ताव पेश गर्न चाहेका थिए। सभापति रवि लामिछानेले रोके ।

तर, उनी आफैंले सार्वजनिक गरेको प्रस्तावमा आफूले बिहे गर्ने कि कुमारै बस्ने केन्द्रीय समितिले नै निर्णय गरोस् उल्लेख गरेका हुन् । “गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि म तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठिक छ । तर निर्णय गरिदेओस् ।” उनको प्रस्तावमा उल्लेख छ ।

Skip This
Logo