यस्ताे छ रास्वपा महामन्त्री मुकुल ढकालले पेस गर्न नपाएको प्रस्तावः रवि लामिछानेप्रति प्रश्नैप्रश्नै [पूर्णपाठ]

यस्ताे छ रास्वपा महामन्त्री मुकुल ढकालले पेस गर्न नपाएको प्रस्तावः रवि लामिछानेप्रति प्रश्नैप्रश्नै [पूर्णपाठ]

केन्द्रबिन्दु
392
Shares

पार्टीमा असन्तुष्टिको आवाज उठाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेप्रति बढी आक्रोश पोख्दै बोल्नुभन्दा पहिला रिजल्ट दिन चुनौती दिएका छन् ।

आज बिहान बसेको रास्वपा केन्द्रीय कमिटीको बैठकमा टेप टाँसेर प्रस्तुत भएका महामन्त्री डा. ढकालले आफूले तयार पारेको प्रस्ताव पेश गर्न चाहेका थिए। सभापति रवि लामिछानेले रोके । तर, उनी आफैंले सार्वजनिक गरेको प्रस्तावमा उनले भनेका छन्, ‘सभापतिज्यू, तपाईंले बोलेका सबै कुराको रेकर्ड राखेर उत्तर दिनपर्‍यो । राजनीतिमा आएपछि बोलेका सबै कुराहरु । यही केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔँ, ती बोलीहरुको अभिलेखिकरणका लागि । अरुले बोलेका कुराहरु मलाई मतलब छैन, मलाई तपाईंले बोेलेका कुराहरु मतलब छन् । हिजो किन बोल्नुभयो ? बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो । र अनुरोध छ, अबका दिनमा काम गरेपछिमात्रै बोल्नुहोला ।’

पार्टी रवि लामिछानेको मात्रै नभएको र यसलाई रास्वपाको बनाउनु पर्नेमा उनको जोड छ ।

यस्ताे छ रास्वपा महामन्त्री मुकुल ढकालले पेस गर्न नपाएको प्रस्तावः

Skip This
Logo