बैठक लाइभ हुँदैन, तर महामन्त्रीको प्रस्तावमाथि पर्याप्त छलफल हुन्छः मनिष झा

बैठक लाइभ हुँदैन, तर महामन्त्रीको प्रस्तावमाथि पर्याप्त छलफल हुन्छः मनिष झा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले महामन्त्री मुकुल ढकालले केन्द्रीय बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिबाट अस्वीकार भएको बताएका छन् ।

बुधबार रास्वपा केन्द्रीय बैठकपश्चात उनले बैठकमा भू–राजनीतिक, व्यक्तिगत कुनै स्टेट्मेन्टका कुराहरु हुुँदा जोखिम लिन नसक्ने भन्दै प्रस्ताव अस्विकार गरेको बताएका हुन् ।

उनले भने, ‘महामन्त्रीले प्रतिवेदन वाचन गर्नुभएको छ, त्यसमाथि छलफल हुन्छ । कही रोकिएको छैन् । तर लाइभको कुरा अलिक भिन्न छ । राजनीतिमा रुपमा धेरै कुराहरु संवेदनशिल हुन्छन् । भूराजनीतिक सम्बन्धी कुराहरु साथै व्यक्तिगत स्टेट्मेन्ट हुनसक्छन् । यस्ता कुराहरुको जोखिम हामी मोल्न सक्दैनौं । पहिला छलफल गरौं अनि मात्र लाइभ गरौं भनेर राजनीतिक र व्यवहारिक रुपमा हेरेका हौं । सभापतिले त्यसमा सहमति जनाउनु भएपनि त्यो उहाँको व्यक्तिगत कुरा हो । प्रस्तावमाथि भने केन्द्रीय समितिमा छलफल हुन्छ ।’

उनले पार्टीमा कुनै पनि प्रकारको गुटबन्दीहरु नभएको भन्दै आवश्यक समय दिएर महामन्त्रीको प्रतिवेदनमाथि छलफल हुने बताए ।

उनले भने, ‘आजको बैठकमा हामीले एउटा मात्र एजेण्डामा छलफल गरिरहेका छौं, त्यो महामन्त्रीको प्रतिवेदन हो । प्रतिवेदनमाथि छलफल हुन्छ । प्रतिवेदन एकैपटकमा अभ्यासमा ल्याउन सकिदैँन । तर अरु पार्टीभन्दा रास्वपाको महामन्त्री के कुरामा भाग्यमानी हुनुहुन्छ भने विधान, राजनीतिक प्रस्तावना सबै उहाँले नै लेख्नु भएको हो र उहाँले नै अभ्यास गर्नु भएको छ । हामी गुटबन्दीमा पनि छैनौं । आवश्यक समय दिएर उहाँको प्रतिवेदनमाथि छलफल भएको छ ।’

Skip This
Logo