रास्वपामा भाँडभैलोः महामन्त्री ढकालमाथि किन भयो घेराबन्दी ? यस्तो छ सर्वसाधारणको धारणा[भिडियाेसहित]

रास्वपामा भाँडभैलोः महामन्त्री ढकालमाथि किन भयो घेराबन्दी ? यस्तो छ सर्वसाधारणको धारणा[भिडियाेसहित]

केन्द्रबिन्दु
56
Shares

काठमाडाैं । बोल्न पाउने अधिकार हनन भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा। मुकुल ढकाल केन्द्रीय कमिटीको बैठकमा कालो टेप लगाएर उपस्थित भएसँगै रास्वपाभित्रको विवाद छताछुल्ल भएको छ।

रास्वपाको आज बसेको केन्द्रीय बैठकमा महामन्त्री ढकालले कालो टेप लगाएर उपस्थित भएसँगै यो विषय राष्ट्रिय राजनीतिसँग जोडिएको छ । महामन्त्री ढकालले केन्द्रीय कमिटीको बैठक लाइभ गर्न माग गरेका थिए। तर सभापति रवि लामिछानेले सुनावाइ नगरेको उनको आरोप छ। महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए।महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरेका थिए।

यही विषयवस्तुलाई केन्द्रमा राखेर केन्द्रबिन्दु टोलीले रास्वपा भित्रको आन्तरिक द्वन्द महामन्त्री ढकाल र रवि लामिछाने बीचको झगडाका विषयमा आम सर्वसाधारणसँग धारणा लिएका छौं । के भन्छन् त आम सर्वसाधारण रवि र रास्वपाका विषयमा हेरौँ एक रिपोर्ट–

Logo