राजीनामा नदिई फर्किए गृहमन्त्री लामिछानेसहित रास्वपाका ४ मन्त्री

राजीनामा नदिई फर्किए गृहमन्त्री लामिछानेसहित रास्वपाका ४ मन्त्री

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् ।राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् ।

श्रम मन्त्री बनेका डोलप्रसाद अर्याल (डिपी), सांसद स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियारलगायत प्रधानमन्त्रीलाई भेट्न बिहीबार बिहान बालुवाटार पुगेका थिए। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल पनि गरेका छन्।

प्रधानमन्त्री दाहालले आफूले विश्वास मत लिने तयारी गरेको बताएका छन्। रास्वपाले प्रधानमन्त्री दाहाललाई संसदबाट छिटो विश्वास मत लिन आग्रह गर्दै त्यो बेलासम्म आफूहरूले साथ दिने बताएका छन्।

Logo