पुँजी नभएका मान्छेहरुका लागि रास्वपामा स्थान भएनः मुकुल ढकाल

पुँजी नभएका मान्छेहरुका लागि रास्वपामा स्थान भएनः मुकुल ढकाल

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले पुँजी नभएको मान्छेलाई राश्वपामा स्थान नभएको बताएका छन् । ढकालले तयार पारेको समीक्षा यात्राको प्रतिवेदनमा पैसा भएका मान्छे मात्र पार्टीमा आकर्षित भइरहेका उल्लेख गरेका हुन् । 

‘पैसा नहुनेहरूलाई पैसा हुनेहरूबाट प्राप्त सामूहिक कोषले हेरिदिनुपर्ने, पार्टीमा धनी गरिब, क्षमताका आधारमा मात्र अघि बढ्ने वातावरण सिर्जना गर्नपर्छ, आजको दिनमा पार्टी केन्द्रमा एक जना पनि श्रमिक र किसान छैनन्, यसले पनि पार्टी धनीहरूको मात्र पार्टी रहेको पुष्टि गर्छ,’ प्रतिवेदमा उल्लेख छ ।

प्रतिवेदमा उनले यसमा विषयमा उल्लेख गरेको टिप्पणी यस्तो छ –

पैसा भएका मान्छे मात्र पार्टीमा आकर्षित भइरहेका छन् । गरिबहरूले राजनीति गर्ने होइन, अलिकति कमाइ छैन भने राजनीतिमा किन लाग्नु पर्यो भन्ने भनाइ पार्टीको उपल्लो तहको नेतृत्वबाट नै सुनियो । पार्टीलाई एलिट वर्गको पार्टीको रूपमा मात्र स्थापित गराउन यी भनाइहरूले काम गरेका छन् । वास्तवमा आज पार्टी एलिट वर्गको कब्जामा गइसक्यो । गरिब मान्छेले राजनीति गर्न हुँदैन भन्ने जबर्जस्त भाष्य पार्टीमा स्थापित गराइएको छ । यस हिसाबमा कार्ल मार्क्सले यदि स्वपामा स्थान नहुने रहेछ । गरिब नेपालीलाई पनि यो देशको प्रधानमन्त्री हुने अधिकार छ र यो तथ्यलाई पार्टीले स्वीकार गर्नपर्छ । विगतमा राखिएका गरिब विरोधी भनाइका लागि पार्टी तत् तत् नेतृत्वले माफी माग्नु पर्छ । रास्वपा गरिबहरूको पनि पार्टी हो, गरिबहरूको एजेण्डा बोक्ने मात्र नभएर गरिबहरू सहजै नेतृत्वमा पुग्न सक्छन् भन्ने ग्यारेन्टी गरिनपर्छ । पार्टी भनेको सामूहिक प्रयास हो । कसैसँग भाषण गर्ने सीप छैन होला, कसैसँग लेख्ने सीप छैन होला, कसैसँग धन छैन होला, तर एकले अर्काका कमजोरी पूरा गर्दै जाने हो भ भने सामूहिकताले पार्टीलाई सबै पक्षमा सबल बनाउँछ । पैसा नहुनेहरूलाई पैसा हुनेहरूबाट प्राप्त सामूहिक कोषले हेरिदिनपर्छ । चाहे धनी होस् वा गरिब, क्षमताका आधारमा मात्र अघि बढ्ने वातावरण सिर्जना गर्नपर्छ । केन्द्रमा श्रमिक र किसानको उपस्थिति अनिवार्य हुनपर्छ । आजको दिनमा पार्टी केन्द्रमा एक जना पनि श्रमिक र किसान छैनन् । यसले पनि पार्टी धनीहरूको मात्र पार्टी रहेको पुष्टि गर्छ। यसर्थ क्षमतावान् श्रमिक र किसानलाई तत्काल पार्टी केन्द्रमा स्थान दिनपर्छ ।

Skip This
Logo