मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

केन्द्रबिन्दु
70
Shares

काठमाडाैं । मधेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेश सभामा शनिबार विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।

सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। प्रदेश सभामा चौथो दलको रूपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो। कुल १०७ सदस्य रहेको प्रदेश सभामा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका ९, माओवादी केन्द्रका ९ तथा एकीकृत समाजवादीका सात प्रदेशसभा सदस्य छन्।

Logo