‘बाढि–पहिरोले सडक अवरुद्ध गरे जस्तै सरकारले सदन अवरुद्ध गर्यो’: कांग्रेस सांसद खतिवडा

‘बाढि–पहिरोले सडक अवरुद्ध गरे जस्तै सरकारले सदन अवरुद्ध गर्यो’: कांग्रेस सांसद खतिवडा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाढि पहिरोले सडक अवरूद्ध गरे जस्तै सरकारले पनि सदन अवरुद्ध गरेको आरोप लागाएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले देशभरीको सडकलाई पन्छाएर सदनमा पनि सरकारलाइ पन्छाउनुपर्ने बताए । उनले भने, ‘यता सदनमा सरकारले बाटो छेकेको जस्तो भएको छ ।  यो बाढि  पहिरोले  सडक अवरूद्द गरेजस्तै सदनमा सरकारले त्यो पहिरो भन्दा बढी अवरुद्ध गरेको छ । यसलाई  हामीले छिटो  भन्दा छिटो पन्छाउनुपर्यो ।’

उनले ओखलढुंगाको पहिरे खोलामा पुल निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनले पहिरे खोलामा पुल नहुँदा आफ्नो फोटो राखेर रिपसमेत लेखेकोमा दुख लागेको  जिकिर गरे । साथै, उनले अहिले जिल्लाका बोटाहरू तथा सडकहरू रोपाँइ गर्ने खेत जस्तो भएकाले त्यसलाई पनि छिटो भन्दा छिटो निर्माण गर्न आग्रह गरे ।

Logo