सबै पक्षको सहयोगबिना संक्रमणकालीन न्याय टुङ्गोमा पुग्दैन्’

सबै पक्षको सहयोगबिना संक्रमणकालीन न्याय टुङ्गोमा पुग्दैन्’

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै पक्षको सक्रिय सहयोगबिना संक्रमणकालीन न्याय टुङ्गोमा पुग्न नसक्ने बताएका छन् ।

सोमबार संक्रमणकालीन न्यायका सम्बन्धमा आयोगबाट भएका प्रयास र सुझावबारे छलफल कार्यक्रममा उनले संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउनका लागि सरकार, पीडित र द्वन्द्वमा लागेका माओवादी पक्ष सबैको सक्रिय सहयोग आवश्यक रहेको बताए ।

उनले भने, ‘यो संक्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउनको लागि सरकार क्रियाशील हुनपर्यो, पीडित पक्षको पनि त्यसमा सहभागिता हुनुपर्यो र द्वन्द्वमा लागेका माओवादी पक्ष सबैको समृद्ध सहयोग नभएसम्म टुङ्गोमा पुग्न सक्दैँन् । यसमा सबैको सहयोग चाहिन्छ ।’ उनले पूर्ण ऐन नभएको कारण संक्रमणकालीन न्याय टुङ्गोमा पुग्न नसकेको भन्दै ऐन बन्ने क्रममा रहेको बताए।

उनले भने, ‘संक्रमणकालीन न्यायको कुरा टुङ्गोमा पुग्न नसकेको भन्दै प्रश्नहरु उठ्न थालेको छ । यस विषयमा सरकार पनि लागेको हो, दुईवटा आयोग पनि बनेको हो । तर टुङ्गोमा पुग्ने अवस्थामा छैन् । किनभने ऐन परिपूर्ण थिएन्, त्यो ऐन पर्याप्त भएन । त्यसकारणले संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन सकेका छैनौ । सर्वोच्च अदालतले पनि त्यसलाई पूरा गर भनिरहेको छ तर ऐन बन्ने क्रममा छ ।’

सबैले न्याय पाउनुपर्छ र न्याय पाउने अवस्था सिर्जना गर्नको लागि सबैजना मिलेर लाग्नुपर्ने पनि उनको भनाइ छ ।

Logo