नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन मन भएन: प्रधानमन्त्री प्रचण्ड

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन मन भएन: प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामान्य प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रुचि नभएको बताएका छन् । प्रचण्डले आज विश्वासको मत दिने क्रममा सो विषय उठाउँदै प्राविधिक समस्या नभएको भए केही दिन अघि नै मत लिने तयारी रहेको पनि बताए ।

‘प्राविधिक समस्या नभएको भए एमालेले समर्थन फिर्ता लिएको भोलि पल्टै विश्वासको मत लिन्थे, तर समयले आज ल्याइ पुर्यायो, मैले विश्वासको मत लिन्छु भनेपछि केही साथी डराए,’ उनले भने । आफ्नो राजीनामा मागको लागि धेरै दबाब पनि दिएको उनको आरोप छ ।

सोही क्रममा प्रचण्डले संविधान निर्माणमा नेकपा माओवादीको सबभन्दा ठूलो लगानी रहेको बताउँदै संविधानलाई कमजोर बनाउनतर्फ माओवादी नलाग्ने पनि बताए। ‘देश बाढी पहिरोको चपेटा परी सरकार राहत र उद्धारमा लागि रहेको बेलामा साथीहरूले कहिले कर्मचारी तन्त्रलाई धम्क्याएर, फकाएर प्रभावित बनाएर सरकारलाई कमजोर बनाउने मात्र कोसिस गर्नुभयो,’ उनले भने ।
विश्वासको मत पाए पनि नपाए पनि आफू कुनै चिन्तित नरहेको रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।

Logo