‘विपद्को घडीमा विश्वासको मत लिनु विडम्बनापूर्ण लाग्छ’

‘विपद्को घडीमा विश्वासको मत लिनु विडम्बनापूर्ण लाग्छ’

केन्द्रबिन्दु
98
Shares

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला दिनमा आएको अबिरल वर्षा, बाढी र पहिरोका कारण ज्यान गुमाउनुहुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । । प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विपदमा परी घाइतेहरू हुनुभएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

उनले भने, ‘मनसुनबाट सृजित प्राकृतिक विपद्हरुको सामना गर्ने तयारी गर्नुपर्ने बेलामा हामी फेरि सरकार र विश्वासको मत लिने नलिने भन्नेतरि केन्द्रित हुनुपर्ने बिडम्बनाको स्थितिमा छौं । मैंले यस विषयमा कसैलाई खोजेको त होइन तर यो बिडम्बना जस्तै लाग्छ । मैंले उम्कन त सोचेको थिए आज बिहान दुईवटा बस बगेको, कास्कीमा ११ जनाको मृत्यु भएको र अन्य ठाउँमा पनि यस्तै घटनाहरु भइरहेको बेलामा आज नै मैंले विश्वासको मत माग्ने उचित हुन्छ होला कि हुन्न होला ?

तर दुई ठुला दलहरु सहमत भएर छिटो सरकार बनाउनेतर्फ उद्दत भएर लागेपछि पछि सार्यो भने अर्को अर्थ लाग्ला भनेर मै‌ले यस्तो कुरा गर्न लागिन । तर, बाढी र पहिरोबाट भएको क्षतिबाट हामी सबै दुःखी छौं । मृतकप्रति श्रद्धाञ्जली र घाइतेलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ प्रधानमन्त्रीले अविरल वर्षा, बाढी, पहिरो र जनधनको ठूलो क्षतिको विषम परिस्थितिमा संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने नेपाली कांग्रेस र नेकपा (एमाले) को सहमतिपछि विशेषगरी एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आफू सदनमा विश्वासको मतका लागि पुनः उपस्थित भएको जानकारी गराए।

Logo