योगदान र योग्यताको आधारमा मन्त्री चयन गरिने: प्रवक्ता महत

योगदान र योग्यताको आधारमा मन्त्री चयन गरिने: प्रवक्ता महत

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी सरकारमा सहभागी हुने मन्त्रीहरु योगदान र योग्यताका आधारमा चयन गर्ने निर्णय गरेको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई दृष्टिगत गरेर चयन गर्ने निर्णयगरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने, ‘नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई दृष्टिगत गरेर चयन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय पनि गरेको जानकारी दिए ।

Logo