देशलाई समृद्ध बनाउन स्रष्टाहरुको सक्रियता आवश्यक छ: खनाल

देशलाई समृद्ध बनाउन स्रष्टाहरुको सक्रियता आवश्यक छ: खनाल

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाललाई सम्पन्न संस्कृती भएको देशमा रुपान्तरण गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

शनिबार इलाम कलाकार समाज काठमाडौंद्वारा आयोजित इलाम साङ्गीतिक सम्मान कार्यक्रममा उनले सिंगो देशलाईसमृद्ध बनाउने काममा सबै स्रष्टाहरुले सक्रियतापूर्वक योगदान गर्नुपर्ने भन्दै यसमा सबैको साथ आवश्यक भएको बताए ।

उनले भने, ‘इलामको संस्कृतीको विकासलाई अझै अगाडि बढाउनुका लागि सबै स्रष्टाहरुले निरन्तर अगाडि बढ्नुहुन्छ भन्ने विश्वास छ । र एउटा प्रगतिवादी कला, साहित्य र संस्कृतीको विकास गर्ने र सुखी र समृद्ध इलाममा रुपान्तरण गर्ने र सिंगो देशलाई त्यसरी नै समृद्ध बनाउने काममा सबैले सक्रियतापूर्वक योगदान गरौं । देशलाई एउटा सम्पन्न संस्कृती भएको देशमा रुपान्तरण गर्ने काममा हामी सबै लाग्ने छौ भन्ने विश्वास लिएको छु ।’

उनले इलामले धेरै स्रष्टाहरुलाई जन्माएको र धेरै लामो समयदेखि संस्कृती विकासको प्रवाहमा अगाडि बढ्दै आएको पनि बताए । यसको साथै, आज सम्मानित भएका सबै स्रष्टाहरुलाई इलामका सम्पूर्ण र आफ्नो तर्फबाट बधाइ पनि दिएका छन् । रमेश बोखिम राईको अध्यक्षतामा भएको कार्यक्रममा दर्जनौं कलाकारहरुले गायन र नृत्य प्रश्तुत गरे ।

Logo