ओलीको चौथोपटक सिंहदरबारमा इन्ट्रीः बहुमतको बलमा कायापलट गर्लान् ? के छ जनताको आशा ? [भिडियाेसहित]

ओलीको चौथोपटक सिंहदरबारमा इन्ट्रीः बहुमतको बलमा कायापलट गर्लान् ? के छ जनताको आशा ? [भिडियाेसहित]

केन्द्रबिन्दु
84
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

सो लगत्तै ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । आइतबार राष्ट्रपति पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । योसँगै सत्ताबाट बहिर्गमन भएको ठीक तीन वर्षपछि ओली पुनः सत्तामा फर्किएका छन् । तर, संविधान संशोधनको एजेन्डासहित संसदकै सबैभन्दा दुई ठूला दललाई रातारात मिल्नुलाई स्वभाविक रुपमा भने लिइएको छैन ।

६, ७ महिनाको अवधिमा एमाले माओवादीलाई छाड्दै एकाएक कांग्रेसतिर हानिएको हो । यसै सन्दर्भमा केन्द्रविन्दु टोलीले प्रचण्ड प्रवृतिको अन्त्य संगै दुइ ठुला दल मिलेर भएको नयाँ सरकार गठनबाट कत्तिको उत्साहित हुनुहुन्छ, के आशा बोक्नुभएको छ ? फेरी यो सरकार समिकरण अब कति समयका लागि होला ? सरकार परिवर्तनको मुख्य कारक व्यक्तिगत स्वार्थ त हैन भनि सर्वसाधारणको धारणा लिएका छौं । के भन्छन् त सर्वसाधारण हेरौं यो एक रिर्पोट–

Logo