उच्चको अन्तरिम आदेशपछि न्यूरोडमा बालेनले फुटपाथ विस्तार गर्न पाउने

उच्चको अन्तरिम आदेशपछि न्यूरोडमा बालेनले फुटपाथ विस्तार गर्न पाउने

केन्द्रबिन्दु
224
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ(सडक पेटी) विस्तारको कामलाई निरन्तरता दिन पाउने भएको छ ।

महानगरले पैदल मार्ग सुधारका लागि थालेको योजना काम डिभिजन सडक कार्यालय, काठमाडौंको अवरोधपछि रोकिएको थियो । त्यसको विरुद्धमा महानगरले उच्च अदालत पाटनमा निवेदन दिएको थियो । जसमा अदालतले आदेश गर्दै महानगरको मागबमोजिमको फैसला दिएको छ ।

अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको हो ।

Logo